हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले विकास मानवको लागि भएकोले मानविय विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन ।
हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको लागूऔषध दुव्र्यसन न्यूनिकरण जनचेतना अभिवृद्वि कार्यक्रमलाई सम्बोधन गर्दै आधुनिक समाजको विकासक्रममा देखिने विभिन्न चुनौती मध्ये दुव्र्यसनी पनि एक भएको बताउँदै शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक विकाससंगै सामाजिक विभेद, विकृति र विसंगति हटाउन समुदाय परिचालनबाट मात्र संभव भएको बताए ।
२ दिनसम्म सञ्चालित कार्यक्रममा अमर मावि, बालजागृति ईङ्गलिस बोडिर्ङ्ग, आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि , सिद्वार्थ शिशु सदन, जीएस निकेतन, नवोदय मावि, श्रमिक मावि, रिलायन्स ईङ्लिस बोर्डिङ्ग स्कुल र हेटौंडा क्याम्पसका १ सय ७ जना विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा टोल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, हेटौंडा क्याम्पसका स्ववियु सभापती अभि मैनाली, हेटौंडा उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गंगाधर रिमाल लगायतकाको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्