हेटौंडा । बाघको आक्रमणबाट बुधबार हेटौंडामा दुईजना मानिस घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार हेटौंडा–१५ का १७ वर्षीय सुमन घलान र ६५ वर्षीय कृष्णबहादुर थिङ घाइते भएका हुन् । आइतबार बिहान बाख्रा चराउन घर नजिकैको जंगल गएका घलान र थिङलाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट घाइते भएका थिङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको बाघको आक्रमणबाट घाटिमा गहिरो चोट लागेको छ । यस्तै घलानको दाहिने कुम, ढाडको बाँया भाग र छातिमा बाघले टोकेको छ । दुबै जनाको अहिले हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्