हेटौंडा । मकवानपुरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेमा भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डमा हेटौंडाबाट काठमाण्डाै‌ जाँदै गरेको ना.१ ज १७६४ नं.को सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल खसी दुर्घटना भएको थियो ।

दुर्घटनामा सुमो चालक मकवानपुर हेटाै‌डा उपमहानगरपालिका–३ बस्ने २३ बर्षीय बुद्ध रुम्बा, हेटौंडा–१८ का २४ बर्षीय ईसाख मोक्तान, कैलाश गाउँपालिका–९ बस्ने ३० बर्षीय भिम बहादुर मोक्तान, हेटौडा–१८ का १८ बर्षीय सुमन घलान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बारा नितनपुर गाउँपालिका–१० बस्ने २२ बर्षीय करण पटेल, २२ बर्षीय रामजित राउत, काठमाण्डौंका २५ बर्षीय बिमला तमाङ घाइते भएको उनले जानकारी दिए । घाइते भएका मध्य दुई जनाको नाम, थर र वन खुलेको छैन । घाइते २ जना प्रहरी पुग्नु भन्दा अगाडीनै उपचारको लागी काठमाण्डौ तर्फ पठाएकोले नाम थर वतन नखुलेको प्रहरीले जनाएको छ ।