हेटौंडा । हेटौडामा प्रथम हेटौंडा स्काउट क्याम्प आजबाट हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा प्रथम हेटौंडा स्काउट क्याम्प हुन लागको हो ।
स्थानीय तहकामा स्काउटको माध्यमबाट यूवा तथा बालबालिकाहरुको सर्वाङ्गिण विकास गरी देश विकासमा अग्रसर असल नागरिक बनाउने उद्देश्यले आजदेखि २८ गतेसम्म स्काउट क्याम्प हुने संयोजक दीपेन्द्र रोक्काले बताए ।
हेटौंडा–१८ स्थित गोरक्षनाथ माविमा हुने क्याम्पमा क्याम्पमा नगरभित्रका २५ भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयहरुका चार सयभन्दा बढी स्काउटमा आबद्ध प्रशिक्षार्थिहरू सहभागि रहने संयोजक रोक्काले बताए । क्याम्पका लागि जिल्लाका अन्य गाउँपालिकामा रहेका विद्यालयका स्काउटको समेत सहभागिता रहनेछ ।
कार्यक्रममा स्काउटरहरुले ओमेगा जम्प, सुपरम्यान जम्प,टायर क्रसिङ,मंकी ब्रिज क्रसिङ,कमान्डो ब्रीज क्रसिङलगायत स्काउटिङ गतिविधिमा सहभागिता जनाउने छन् । क्याम्पमा निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, क्याम्प सजावट प्रतियोगिता रहनेछ । क्याम्पमा विद्यार्थीहरुलाई विपद् व्यवस्थापन तालिम, प्राथमिक उपचार तालिम, वातावरण संरक्षण सम्बन्धी तालिम समेत दिने व्यवस्था मिलाइएको रोक्काले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्