हेटौंडा । मकवानपुरको हेटौंडा उमहानगरपालिका वडा नं.२ संगमचोकमा एक जनाको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका–६, चौघडा बस्ने अन्दाजी ५०/५५ वर्षीय गोपी चौलागाईको शव सोमबार संगमचोकमा रहेको एक पुरानो घरको पेटीमा सुतेकै अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा जनाएको छ ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।