हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित मकवानपुरका एक युवकलाई पक्राउ गरेको छ ।

रौतहट चन्द्रपुर नगरपालिका–४ स्थित सडकबाट ५ केजी ३ सय ग्राम लागूऔषध गाँजा सहित सोमबार दिउँसो मकवानपुर हेटौँडाका ३० वर्षीय शिसिर बम्जनलाई पक्राउ गरिएको हो ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.५ ख ४९६२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बम्जनको साथबाट उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।