हेटौंडा । गुरु पूर्णिमाको अवसरमा नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले जेष्ठ शिक्षकहरुलाई सम्मान गरेको छ । संस्थामा आवद्ध सेवाबाट निवृत्त भएका पाँँच जेष्ठ शिक्षकहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा क्रमशः देवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद धिताल, शम्भुप्रसाद पौडेल, नवराज लम्साल रहेका छन । त्यस्तै रमेश मोहन अधिकारीले स्थापना गरेको शिव सावित्री निवृत्त भाषा शिक्षक सम्मान २०८० बाट नेपाली भाषा शिक्षक धु्रवकुमार भुजेललाई सम्मान गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका कार्यालय प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष शिवदयाल यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष गणेश हुमाँगाइए, नेपाल राष्ट्रिय शिक्षक समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, जिल्ला समन्वय
समिती सदस्य खड्ग पुलामी, कानुनी सल्लाहकार अरुण कुमार खतिवडा लगायतकाको सहभागिता रहेको सिताराम दाहालले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्