हेटौंडा । संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीको कान्ति लोकथप पहिरोका कारण अबरुद्ध भएको छ ।

मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ परेको पानीका कारण पहिरो आई सडक अवरुद्ध भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका–८ गंगटे स्थित कान्तिलोकपथ सडकखण्डमा बर्षातको कारण पहिरो आई सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । सडक खुलाउन पहिरोे पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।