हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बाट अबैध सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ बस्ने ३३ बर्षीय सन्तोष साह सोनार रहेका छन् ।

प्रहरी बरिष्ठ नायव निरीक्षक मन्जु कुमारी रानाको कमाण्डमा खटिएको चेकिङ टोलीले काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १८०३ नम्बरको यात्रु बहाक बसमा सवार सुनारलाई ३ वटा ब्रासलेट अर्थात १७५ ग्राम सुन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । सोनारलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्वव अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।