हेटौंडा । नेपाल फलफुल तथा तरकारी ब्यवसायी संघ मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद हुमागाई निर्वाचित भएका छन ।

शनिबार भएको संघको नयाँ कार्यसमिति चयन अन्तर्गतको निर्वाचनमा अध्यक्षपदका उम्मेदवार हुमागाईले कुल खसेको ३ सय ७ मत मध्ये १ सय ८० मत प्राप्त गर्दै संघको अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धि मनु दहालले ७५ मत प्राप्त गरिन,भने कमलकुमार रौनियारले ३२ मत प्राप्त गर्दा २० मत बदर भएको छ ।

यस्तै संघको कोषाध्यक्षमा ऋषि सापकोटाले १ सय ९१ मत प्राप्त गर्दै निर्वाचित भएका छन । भने उनका निकटतम प्रतिस्पर्धि मनोज खुलालले १ सय ९ मत प्राप्त गर्दा ७ मत बदर भएको निर्वाचन अधिकृत कृष्णप्रसाद संजेलले जानकारी दिए । यस्तै संघको महासचिवमा सन्तोशी बर्तौला यसअघि नै निर्विरोध निर्वाचित भईसकेकी छिन ।

गत असार १६ र १७ गते भएको संघको १६ औ वार्सिक साधारणसभाबाट संघको उपाध्यक्षहरुमा आशिस रौनियार र बिमल पौडेल, सचिवमा नवराज शर्मा पौडेल र सह–सचीवमा कृष्ण साह कानु निर्विरोध चयन भईसकेकाछन । सदस्यहरुमा राम बहादुर ब्लोन, उमा खुलाल खड्का , क्षेत्रबहादुर खड्का , रेणु महत्तो सुडि,रामशरण बजगाई र आईतसिह घलान सर्वसम्मत चयन भएका छन ।