हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा बजार क्षेत्रको सडक दायाँ बाँया २५ मिटर क्षेत्र विस्तार गर्न मकवानपुरको राजनीतिक दलहरुको ऐक्यबद्धता जनाएका छन् ।
आज हटौंडामा बसेको संयुक्त बैठकले सडक विस्तार गर्ने कार्यलाई अगाडी बढाउन ऐक्यबद्धताको साथै सडक विस्तारको कार्यको लागि सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले सडक विस्तार गर्दा सर्वोच्च अदालतको फैसला बमोजिम तथा ऐन कानून अनुसार घर धनिहरुको हकमा उचित मुअब्जा तथा क्षतिपूर्ती एवं व्यवसायीहरुको हकमा उचित व्यवस्थापनको लागि सम्बन्धित निकायहरुमा अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेस हेटौंडाका नगर सभापति उत्सव ईटेनी, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, रास्वा मकवानपुरका सभापति भरत पराजुली, माओवादी केन्द्रका तिर्थबहादुर थापा, जसपाका दीपक सिंतान, नेकपा एसका विष्णु दाहाल, नेसपाका सुदिप कार्की, हेटौंडा उपमहागरका उपप्रमुख राजेश बाँनीया लगायतको सहभागिता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्