हेटौंडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगर भित्रको सडक विस्तार कार्य रोक्न नहुने र सडक डिभिजन कार्यालयले यस पटक खुट्टा कमाउन नहुने भन्दै हेटौंडामा ७३ वर्षीय एक वृद्धा र उनका छोरा सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बसेका छन् ।
हेटौंडा उपमहानरपालिका वडा नम्बर ८ कमानेका ७३ वर्षीय मानबहादुर तामाङ र उनका छोरा ३४ वर्षीय राजिव तामाङ अनसन बसेका हुन् । उनीहरुले अब कुनैपनि बहानमा सडक विस्ताको काम रोक्न नहुँने भन्दै हेटौंडा स्थित सडक डिभिजन कार्यलयको गेटमा अनसन बसेका हुन् । उनीहरुले सडक विस्तारले समग्र देशकै विकास गर्ने भएकाले यसलाई रोक्न नहुँने भन्दै यहि साउन १ गतेबाट गेटमा अनसन बसिरहेका छन् ।
अनसन बसिरहेका राजिव तामाङले सरकारले कम भन्दा कम क्षति हुने गरी सडक विस्तारको उपाय खोज्नुपर्ने बताए । उनले हेटौंडा–१५ देखि राप्तिपुलसम्मको क्षेत्रमा पर्ने सरकारी जग्गाहरुको उपयोग गर्दै सडक विस्तार गरे कम क्षति हुने भएकाले सोही अनुसार गर्नुपर्ने बताए ।
अनसनमा रहेका ७३ वर्षीय तामाङले सडक विस्तार कार्यमा आफुहरुको कुनै स्वार्थ नभएको तर यो अस्ताउने उमेरमा समग्र हेटौंडाको विकास वर्षौदेखिको अन्यौलताले निकास पाएको हेर्न चाहेको बताएका छन् । सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बसिरहेका उनीहरु सबैको समर्थनको पर्खाइमा रहेको बताए ।
डिभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते राजमार्गको हेटौंडा–१५ रातोमाटेबाट बुद्धचोक हुँदै राप्तीपुलसम्मको दायाँ बायाँ सडक २५/२५ गजभित्र पर्ने संरचना हटाउन सूचना प्रकाशित गरेको थियो । सडक डिभिजनको ३५ दिने सूचना यहि साउन १५ गते सकिदैंछ ।











प्रतिक्रिया दिनुहोस्