हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित टिसिएन रोडबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गांउपालिका वडा नं. ४ बस्ने ३२ बर्षीय आशिष गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार विहान ५ किलो ३०० ग्राम लागुऔषध गाँजा सहित गुरुङलाई पक्राउ गरेको हो । गुरुङलाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट उक्त लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजासहित गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्