हेटौंडा । ग्रीन फाउण्डेशन नेपालद्वारा हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका छन ।

अवलोकनकर्ताहरुलाई स्वागत गर्दै रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले समूहले गरेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । कार्यालय सचिव पौडेलले समूहको ऐतिहासिक पृष्ठभूमि, वनको व्यवस्थापन, सदुपयोग, आयआर्जन, सामाजिक कार्य, संस्थागत विकास, महिला सहभागिता, पर्यापर्यटन, स्वास्थ्य, शिक्षा लगायतका विषयहरुमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

यसैगरी भ्रमणमा सहभागीहरुले समूहका उपभोक्ताहरु रामकुमार राईृ, रामचन्द्र राई र बिर्जु राईले बासद्वारा तैयार गरिएको पेन स्टैण्ड, चुरी स्टैण्ड, मन्दिर, घर, जहाज, भित्रे घडी, रामकृष्ण राईले तैयार गरेको मुढा लगायतको स्थलगत अवलोकन गरेका थिए । यसैगरि सहभागीहरुले पिप्ले पोखरा सामुदायिक वनका उपभोक्ता समूहको पनि अवलोकन गरेका थिए ।

ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको नेतृत्वमा आएको भ्रमण दलमा दाङ, कैलाली, मकवानपुर, काडमाण्डौं लगायतका जिल्लाहरुका करिव २५ जनाको सहभागिता थियो । भ्रमण दलमा सामुदायिक वन उपभोक्ता महासंघकी निवर्तमान अध्यक्ष एवम बागमती प्रदेश सभा सदस्य भारती पाठक, फेकोफन केन्द्रीय अध्यक्ष रामहरि चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई समेतको सहभागिता थियो ।