हेटौंडा । बागमतीको युवा तथा खेलकुद मन्त्रालयले युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंलाई स्पष्टीकरण सोधेको छ ।
नेकपा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री हुँदा नियुक्त भएका चौलागाईंलाई सरकार परिवर्तन भएर एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री र नेकपा माओवादी केन्द्रका रत्न ढकाल खेलकुद मन्त्री भएपछि स्पष्टीकरण सोधिएको हो ।
मन्त्रालयले तीन दिनको समय दिएर माघ २५ गते स्पष्टीकरण मागेको चौलागाईंले बताए । उनले स्पष्टीकरणको जवाफ पठाउने बताएका छन् ।
‘चार बर्षका लागि दिइएको नियुक्ति दिइएको छ, तर राजनैतिक पूर्वाग्रहका राखेर स्पष्टीकरण सोधिएको हो’ उनले भने । मन्त्री रत्न ढकालले चौलागाईंलाई हटाएर आफूनिकटका व्यक्तिलाई नियुक्त गर्न खोजेको स्रोतको भनाइ छ ।
अघिल्लो सरकारले नियुक्ति गरेका व्यक्ति हटाउन स्पष्टीकरण सोधेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले बताए ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले नै सबै सरकारी नियुक्ति बदर तयारी भएपनि अहिले स्पष्टीकरणको प्रक्रिया रहेकाले रोकिएको उनले बताए ।
साभार अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्