हेटौंडा । हेटौंडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थालाई गमला सहितको विरुवा प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामाले टोल विकास संस्था अध्यक्ष रमेश कुमार बानियाँलाई धुपी लगायतका ७० वटा गमला सहितको फूलको विरुवा हस्तान्तरण गरेका थिए ।
सुन्दर नगरी र विकसित हेटौडा बनाउने आफ्नो योजना रहेको बताउदै मेयर लामाले बागमती प्रदेशको नमुना शहर बनाउने आफनो योजनामा साथ र सहयोग गर्न नगरबासीलाई आग्रह गरिन ।
कार्यक्रममा हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, नवजीवन जयोति क्लबका अध्यक्ष राजकुमार बास्तोला, स्थानीय र सञ्चारकर्मी लगायतो सहभागिता थियो । नवजीवन ज्योति क्लबको सहयोगमा रक्षादेवी टोल विकास संस्थालाई २०८१ साल जेठ २२ गते विश्व वातावरण दिवसको दिन नमुना टोल घोषणा गर्ने कार्यक्रम छ ।











प्रतिक्रिया दिनुहोस्