हेटौंडा । हेटौंडा–१६ मा मंंगलबार साँझ खोला तर्ने क्रममा ट्याक्टर बगाएको छ । हेटांैडा–१६ झल्लादमारमा रहेको शक्ति खोला तर्ने क्रममा ना ७ त ४८४३ नम्बरको कुखुराको मल लोड भएको ट्याक्टरलाई बगाएको हो ।
खोलमा आएको भेलले ट्याक्टर बगाएपनि मानवीय क्षती भने नभएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । ट्याकटरलाई अस्थाई प्रहरी पोष्टबाट गएको प्रहरी सहायक.निरीक्षक नरेश यादव नेतृत्व प्रहरी टोली, जेसिबि,स्थानीयको सहयोगमा निकालिएको र ट्याक्टर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्