हेटौंडा । नेपाल बिद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा शनिवार हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् ।

नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६ जना महिला र ३७ जना पुरुषले रक्तदान गरेका थिए । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । बिहान ०८ः३० बजेदेखि १०ः३० बजेसम्म रक्तदान कार्यक्रम भएको पूर्णिमा गोलेले जानकारी दिइन् ।

उद्घाटन कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेशका डिभिजन प्रमुख दिपेन्द्रराज द्धुवेदी, प्रशासन प्रमुख रामचन्द्र पौडेल, लेखा अधिकृत संजयकुमार श्रेष्ठ, रक्तदान कार्यक्रम उप समितिका संयोजक रामबाबु लोप्चन, कुलेखानी प्रथमका लेखा अधिकृत बिष्णुबहादुर राजथला, केन्द्रीय वर्कशसपका सहायक प्रशासकिय अधिकृत रविन घिमिरे, इन्जिनियर गोपाल प्रसाद गुप्ता, रक्तसञ्चार केन्द्र हेटौंडाका प्राबिधिक बिष्णु रिमाल लगायतको सहभागिता रहेको थियो ।

यस डिभिजन अन्र्तगत ६ वटा वितरण केन्द्रहरु रहेका छन् । मकवानपुरको पालुङ र हेटौंडा, चितवनको चनौली, भरक्तपुर, रत्ननगर टाँडी वितरण केन्द्र र सिन्धुली जिल्लाको सिन्धुली वितरण केन्द्र रहेका छन् ।