हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन बुझाएका छन । प्रदेश प्रमुख शर्मा समक्ष गत आर्थिक वर्ष ०७९/८० मा मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेशले गरेका कामको विवरण समेटिएको प्रतिवेदन पेस गरिएको हो ।

मुख्य न्यायाधिवक्ता नेपालले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको सर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ बमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले गत आवमा सम्पादन गरेको काम कारबाहीहरू समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन बुझ्नु हुँदै प्रदेश प्रमुख शर्माले मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत सरकारको प्रतिरक्षाका लागि गरिएको काम कारबाहीको प्रशंसा गरे । आगामी दिनमा पनि प्रदेश सरकारका लागि आवश्यक न्याय सम्पादनको कार्यमा दत्तचित्त भएर मुख्य न्यायाधिवक्ता कार्यालय लागि पर्ने विश्वास व्यक्त गरे ।