हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले पार्टीका वरिष्ठ नेता डा. शेखर कोईरालालाई पार्टी सुद्धृढीकरणबारे ध्यानाकृष्ट गराएका छन् । विपी विचार समाज मकवानपुरले हेटौंडामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्न आएका भएका नेता कोईरालालाई सचिव महतले ज्ञापनपत्र मार्फत ध्यानाकृष्ट गराएका हुन् ।

सचिव महतले कांग्रेसभित्र चुलिदैँ आएको आन्तरिक विवाद समाप्त पार्नु पर्नेमा जोड दिदैँ नेतृत्वतहले गम्भिर भएर सोच्नु पर्ने बताए । वरिष्ठ नेता कोईरालाले पत्र बुझ्दै अध्ययन गरेर आवश्यक छलफल गरी समाधान गर्ने तर्फ लाग्ने बताएका थिए ।

यस्तो छ सचिव महतले वरिष्ठ नेता कोईरालालाई बुझाएको पत्र

१ राजनीतिक दलको भातृ शुभेच्छुक, पेशागत संगठन भनेको मानिसको हात खुट्टा, मुख, आँखा भने जस्तै हो। यदि शरिरमा विगहरुले काम गरेन भने शरिर काठको मुढो बराबर हुन्छ। तसर्थ नेपाली कांग्रेस सबै भातृ, शुभेच्छुक संघहरूलाई तत्काल वैधानिक प्रकृया पुरा गरी सम पारियोस् ।

२ विकास र समृद्धि नेपाली कांग्रेसको १२ औ महाधिवेशनको नारा हो । नेपाल तथा नाम नेपाली जनता सँग जोडिएका क्षेत्रगत सबै विषयहरुको गुरु योजना बनाई सत्ता प्राप्तिका बेला लागु गरेर देशलाई विकास र समृद्धि गरियोस् ।
३ नेपाली कांग्रेस तत्कालीन अवस्थामा संवैधानिक राजतन्त्रको पक्षमा रहेकोमा हाल देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरि सकेकाले अहिले पार्टीको राजनैतिक दृष्टिकोण के हो स्पष्ट पारियोस् ।
४ पाटीको क्रियाशील सदस्यता वितरण प्रकृया हेर्दा पार्टी cader base मा जान लागेको हो की भन्ने देखिन्छ। Mass base र cader base को सांगठनिक संरचना बिल्कुल फरक विषय हो । तसर्थ cader base मा जाने हो भने सोही अनुसार सांगठानिक संरचना निर्माण गरियोस् ।
५ सत्ता भनेको पार्टीको नीति विचार, कार्यक्रम र योजना लागू गर्ने साधन हो, साध्य होइन भन्ने विचार पार्टीमा स्थापित गरियोस् ।

६ कार्यकर्ता दास हुन्, हामीले जे गर्दा पनि सागिरहन्छ भन्ने नेतृत्वमा देखिएको मनोवृत्तिलाई परिवर्तन गरि कार्यकर्तालाई वडा वडा तहको पार्टीको सङ्गठन जोगाई दिएर सियो नेपाली कांग्रेस पार्टीको स्वरुप भएको विषयलाई नेतृत्व बाट मनन् गरी व्यवहार गरियोस् ।
७ अब पार्टी सच्चिने की सक्किने भन्ने बेलामा पनि श्रीमती, भाई, काका, बुहारी, भान्जा, प्रवृत्तिवाद इमान्दारी योग्यता, क्षमता, योगदानको मुल्याकन पद्धति मार्फत जिम्मेवारी वा अवसर दिने व्यवस्थापन गरियोस् ।
८ पाटी संगठनमा सिन्को पनि नमाने अत विभिन्न फेल गरेर पार्टी कमजोर पार्ने सधै नेताको घर वरिपरि देखिरहने, परिरहनेलाई मात्र काथ यथाप्ने नेतृत्वको प्रवृत्तिले इमान्दार र असल कार्यकर्तालाई निराशा बनाएको छ । नेतृत्वको त्यस्ता कार्यगत शैली परिवर्तन हुनु आवश्यक छ ।
९ पार्टीमा भ्रष्टाचारले जरो गाडीसकेको प्रमाणित भएको छ। पार्टी भित्र देखिएको भ्रष्टाचारीलाई शल्यक्रिया नै गरि शुद्ध स्वच्छ पार्टी बनाईयोस् ।१० श्रद्धय नेता शेखर कोइराला ज्यू तपाई वीपीको कार्यक्रममा आउनु भएको पार्टीमा वीपीको विचार
कहाँ छ ? व्यवहारमै पार्टीलाई बीपीको विचार अनुसार अगाडी बढाइयोस् ।
११ गुटको नाममा पार्टीमा मौलाएको गलत संस्कार र संस्कृति कार्यकर्तामा ठुलो निराशा पैदा भएको छ ।
गुटकै कारण असल र इमान्दार कार्यकताहरु पेलाईमा पर्ने परिस्थितिको अन्त्य गरियोस् ।
१२ जनताको हितमा केही नगर्ने तर सत्तामा चाहीँ टिकीराखने मानसिकताले निर्वाचनमा पार्टीलाई ठूलो घाटा भएको छ । जीवन पर्यन्त रुख बाहेक अन्य चिन्हमा भोट नहानेको कार्यकर्तालाई  हलोमा, कहिले हसिया हथौडामा भोट हाल्न बाध्य पारिनाले कार्यकर्ताको मन रोएको छ । अब यो संस्कृतिको अन्य होस् ।
१३ नेपाली जनताको बदलिएको मनोविज्ञानलाई पार्टीले आत्मसाथ गर्दै सोही उमंगले पार्टी कार्यक्रम तथा गतिविधि गरियोस् ।
१४  पार्टीमा रुपान्तरण नेतृत्वले आफैबाट सुरुवात गर्ने की लाइने मात्र हो ।  तपाई गर्ने की यसैको नाममा आफु वा आफ्नो गुट स्थापित गर्ने हो, स्पष्ट पारियोस् ।
१५  नेतृत्वमा भएको योग्यता क्षमता व्यवहारमा भ्राष्टिकरण देखिन्छ । यसले समाजमा नकारात्मक सन्देश गएको छ । यसको सुधार हुनु आवश्यक छ ।
१६  स्थानिय तथा संसदीय चुनावको टिकट वितरण प्रणाली अत्यन्त अवैज्ञानिक गुटको समस्याले ग्रस्त दिक्क
लाग्दो र नकारात्मक परिणामको सम्भावना तर्फ धकेल्ने खालको छ । यस प्रणालीलाई नै पुर्नसंचालन गर्न आवश्यक छ ।

१७  प्रजातान्त्रिक पार्टीको मुल मर्म भन्दा बाहिर देखिएको गतिविधिलाई व्यवस्थित गरियोस् ।
१८  हाम्रो प्राजातान्त्रिक समाजवादको विचार कहाँ हरायो ? त्यसलाई पार्टीले स्थापित गर्दै व्यवहारमा ल्याइयोस् ।
१९  पार्टीलाई साच्चिकै रुपान्तरण गर्न चाहेको हो भने अहिले पार्टीमा के के कमजोरी छ, त्यसको सुची तयार गरौं । अब पार्टी रुपान्तरण गरेर के के गर्न लागेको हो, त्यसको पनि सुचि तयार गरेर प्रतिवद्धता सार्वजनिक होस् ।
२०  केन्द्रीय तहमा विभागहरु गुटको भागवण्डा लागी मात्र उपयोग गरिदै आएको छ के पार्टीले यसैका लागि विभागको व्यवस्था गरिएको हो ? विभाग अनुसार पार्टीका विषय विज्ञलाई जिम्मेवारी दिएर कार्यान्वयन गरियो ।
२१ नेतामुखी कार्यकर्ता निर्माण गर्ने पार्टीको पद्धतिले पार्टी जनताबाट टाईिदै गएको छ अब नेतामुखी होइन, जनमुखी कार्यकर्ता बनाउने संरचना निर्माण गरियोस् ।