हेटौंडा । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आगामी असोज १३ गते शनिबार काठमाण्डौंको हनुमानढोका डवलीमा ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ ।
“सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकार बारे विश्वव्यापी घोषणमा गरिएका बाचाहरु पुरा गरौं” भन्ने नाराका साथ राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ नेपालको आयोजनामा नेपालका हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिने कार्यक्रम संयोजक गणेश बिष्टले बताए ।
प्रदर्शनीका लागि देशभरका फोटो पत्रकारहरुले खिचेका तस्विर पठाउन आह्वान गर्ने र प्राप्त भएका तस्वीरहरु मध्येबाट करिब एकसयवटा तस्विरहरु प्रर्दशनी गरिने कार्यक्रम संयोजक बिष्टले बताए । हाल बिश्वमा जेष्ठ नागरिकहरुको संख्या सबैभन्दा बढी रहेको अवस्थामा उनीहरुको सक्रिय जीवनशैलीलाई तस्वीरमा उतारेर प्रदर्शनीमा प्रस्तुत गरिनेछ । जेष्ठ नागरिकहरुको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरु प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा राखिने तस्वीरहरुले हालको नयाँ पुस्तालाई उत्साह, उमंग र जाँगर बढाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।
यस्ता तस्वीर प्रदर्शनीले देशका बिभिन्न स्थानका जेष्ठ नागरिकहरुको अवस्था अध्ययन गर्न र उनीहरुको नैराश्यता र दुःखीपन कमगर्न सहयोग गर्ने कार्यक्रम संयोजक बिष्टले भनाई छ ।
जेष्ठ नागरिकको हक हितका लागि कार्य गर्दै आएको संस्था एजिङ नेपाल र देशभरका फोटो पत्रकार हरुको साझा संस्था राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा हुने जेष्ठ नागरिकहरुको तस्विर प्रदर्शनीमा आफुले खिचेका उत्कृष्ट सन्देशमूलक तस्विरहरु पठाउन अयोजकले सम्पूर्ण फोटो पत्रकारहरुलाई अनुरोध गरेकोछ ।
प्रतिक्रिया दिनुहोस्