हेटौंडा । हेटौंडा–काठमाडौँ कान्तिलोकपथ सडक खण्डअन्र्तगत हेटौंडा–६ चौघडामा आइतवार ट्रकले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

शिवम् सिमेन्ट उद्योगबाट सिमेन्ट लोडगरि हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ ट्रकले बाटो क्रस गर्ने क्रममा पैदलयात्री स्थानीय ३८ बर्षीय निरा बजगाईँलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको विरोधमा स्थानीयले कान्तिलोकपथ अवरुद्ध गरेका थिए । घटनास्थलमा ठुलो संख्या प्रहरी परिचालन गरिएको छ । ट्रक तथा चालक प्रहरी चौकी चौघडा मकवानपुरको नियन्त्रणमा रहेको छ ।