हेटौंडा । मकवानपुर थाहा नगरपालिका–३ बाट लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २१ वर्षीय विवेक सुनार रहेका छन् ।

लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले करिब २ किलो ७ सय ग्रामसहित सुनारलाई आइतबार बिहान पक्राउ गेरको हो ।

बोरामा लुकाइ ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।