हेटौंडा । हेटौंडा–४ कमलडाडाँमा रहेको ब्रहमदिप एकेडेमीका विद्यार्थीहरुले हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन गरेका छन् ।

विद्यार्थीहरुलाई सामुदायिक वनको बारेमा जानकारी गराउने उद्देश्यका साथ अवलोकन गराईएको विद्यालयले जनाएको छ । सहभागी विद्यार्थीहरुलाई समूहका कार्यालय सचिव भीमसेन पौडेल र वन हेरालु हरिचन्द्र सापकोटाले समूहको गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।

सहभागीहरुलाई वन समूहले गरेका वन ब्यवस्थापन, वन संरक्षण, महिला सहभागिता, आयआर्जन कार्यक्रम, संस्थागत विकास, सामाजिक विकास निर्माण, लोपोन्मुख सालकको संरक्षण, पर्यापर्यटन लगायतका विषयहरुमा जानकारी गराईएको थियो ।

विद्यार्थीहरुले समूहको क्षेत्रमा निर्माण गरिएको विपी गणेशमान शान्ति पार्कको साथै वनक्षत्रको समेत स्थलगत अवलोकन गरेका थिए । भ्रमण टोलीमा कक्षा ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुको सहभागिता थियो ।