हेटौंडा । रोटरी क्लब अफ मकवानपुरले गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँचसय बढीको स्वास्थ्य परीक्षण गरिएको छ । हेटौंडा–६ स्थित वंशगोपाल माविमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

निको अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा ६ जना स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा सामान्य चिकित्सा, नाक कान घाँटी, जनरल सर्जरी, नशा तथा हाडजोर्नी, दाँतसम्बन्धी रोगको साथै मधुमेहको रक्त परीक्षण गरिएको रोटरी क्लब अफ मकवानपुरको अध्यक्ष अञ्जनी कुमार पराजुलीले जानकारी दिए ।

परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई निको अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालय र सिटिजन बैंकको आर्थिक सहयोग शिविर गरिएको थियो ।