हेटौंडा । हेटौंडा–१८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधरणसभाको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरकि सदस्य बिष्णुमाया थपलिया र जेष्ठ सदस्य रत्न बहादुर दुरैलीले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा अध्यक्ष अरुणकुमार खतिवडाले अध्यक्षको प्रतिबेदन प्रस्तुत गरे । सहकारीका कोषाध्यक्ष इमान बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सहकारीले आर्थिक बर्ष २०७९/०८० मा ८२ लाख ३९ हजार ३८९ रुपैयाँ नाफा भएको जानकारी दिए । सहकारीको कुल शेयर रकम ५१ लाख ९९ हजार ६००, कुल बचत रकम ५ करोड ९७ लाख ४६ हजार ९६० , कुल कर्जा लगानी ५ करोड ८३ लाख ९ हजार ५०४ र कुल मौज्दात १ करोड ७७ लाख ९ हजार ८०५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा ऋण उपसमितिका संयोजक माधव नारायण तुलाधरले ऋण उपसमितिको प्रतिवेदन र लेखा समिति संयोजक कपिल प्रसाद पराजुलीले आन्तरिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे ।

सहकारीको साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्तातर्फ बुद्धि बहादुर आले र असल ऋणीतर्फ संगिता पौडेललाई सम्मान गरिएको थियो भने एसईई परीक्षामा सामुदायिक र संस्थागत विद्यालयतर्फ उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सामुदायिक विद्यालयतर्फ जिपिए ३.६५ अंक ल्याउने ज्योति माविकि छात्रा पवित्रा तिमल्सिना र संस्थागत विद्यालयतर्फ ३.९० अंक ल्याउने तासिर बोर्डिङ स्कुलका मणिराज बराललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ज्योति माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष एवं हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, ज्योति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडा, सहकारीका सल्लाहकार केशब पण्डित, सेयर सदस्यका तर्फबाट तुलसी गिरी लगायतले आफ्नो मन्तब्य राखेका थिए ।