![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/02/election-commission-1024x624-1.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/02/election-commission-1024x624-1.jpg)
काठमाडौं । निर्वाचन आयोगले परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि परिचय पत्रका लागि फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।
सोमबार आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र पाउन सकिने बताएको हो ।
आयोगले मतदाता नामावलीमा आफ्नो विवरणमा कुनै त्रुटि भई सच्याउनुपर्ने भएमा इमेल वा फ्याक्सबाट समेत निवेदन दिन सकिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्