हेटौंडा । जेसीआई हेटौंडा वर्ष २०२४ को अध्यक्षमा विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी अमृत बर्तौलालाई पाँच मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।
८६ प्राप्त गरि श्रेष्ठ विजयी भए गरे भने बर्तौलाले ८१ मत प्राप्त गरेर पराजित हुनुप¥यो । निर्वाचनमा बर्तौलाको प्यानलबाट उम्मेद्वारी दिएका दुई जना कार्यकारिणी उपाध्यक्ष र चार जना उपाध्यक्ष निर्वाचित भए । कार्यकारिणी उपाध्यक्षमा विवेकानन्द न्यौपाने १ सय ३ मत र जीवन ढकालले ८६ मत प्राप्त गरी निर्वाचित भए । श्रेष्ठ प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा उम्मेद्वारी दिएका विश्वप्रसाद गौतम ७२ मत र विपिन ताम्राकार ६५ मतसहित पराजित भए ।
यस्तै उपाध्यक्षमा आशिष दाहाल १ सय ५३ मत, रमेश काफ्ले १ सय १८ मत, रमेश पराजुली १ सय २ मत र विश्वास पराजुली ८८ मतसहित विजयी भए । श्रेष्ठ प्यानलका विवेक फुयाल ८५ मत र किरण आले मगर ७४ मत प्राप्त गरी पराजित भए । निर्वाचनमा १ सय ७६ सदस्यमध्ये १ सय ६७ जनाले मतदान गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्