हेटौंडा । हेटौंडा–४ मा रहेको सामुदायिक विद्यालय र क्याम्पसको बाटोको लामो समयदेखिको विवाद मिलेको छ । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र हेटौंडा क्याम्पसको बाटोको विवाद मिलेको हो ।

२०५६ सालदेखि विद्यालयको प्रवेशद्वारको विषयमा विवाद हुँदै आएकोमा विद्यालय र क्याम्पसका सरोकारवालाबिच छलफल भई समस्या समाधान गर्ने सहमतिसँगै विवाद मिलेको हो । दीर्घकालिन रुपमै दुबै शैक्षिक संस्थाको हितहुनेगरी समस्या समाधान भएको आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष महमद समीम (खान) ले जानकारी दिए । उनले लामो समयदेखिको विवाद समाधानमा सहयोग गर्ने सरोकारवालाहरुलाई धन्यवाद समेत दिए ।

छलफल कार्यक्रममा आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष महमद समीम (खान), सल्लाहकार मदन दाहाल, भूटनदेबी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा लामा, हेटौंडा क्याम्पस संचालक समितिका अध्यक्ष आनन्द राम पराजुली, उपाध्यक्ष श्रीधर पोखरेल, बालकृष्ण शर्मा घिमिरे लगायतकाको सहभागिता रहेको थियो ।