हेटौंडा । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको संयोजकमा युवा व्यवसायी रविन्द्र घिमिरे नियुक्त भएका छन ।

हेटौंडा उपमहानगरपालिकाको माघ ४ गतेको निर्णय अनुसार माघ ५ गतेबाट शुक्रवारबाट लागूहुनेगरी घिमिरे खेलकुद विकास समितिको संयोजकमा नियुक्त भएका हुन ।

त्यस्तै समितिको सदस्यहरुमा विजय गौतम, यज्ञ बहादुर राय(बिनोद) र हेटौंडा–१० का सुनिल लोप्चन रहेका छन । उनीहरुको कार्यकाल नियुक्त भएको मितिले तीन बर्षको हुनेछ ।