हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–५, फुर्केमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

मंगलवार साँझ अन्दाजी ६० बर्षीय ठुलीमाया रुम्बा आफ्नै घरमा सुति रहेको ठाउमा मृत अबस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंँडाले जानकारी दिएको छ ।

मुचुल्का पश्चात उहाँको पोष्ट माटमका लागि काठमाण्डौँको टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रबि कुमार पौडेलले जानकारी दिए ।