रौतहट । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित रौतहटबाट हेटौंडाका दुइ जना पक्राउ परेका छन । नेपाली नम्बरको ब्रेजा कार र नगद सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।
इलाका प्रहरी कार्यालय बन्जरहाबाट गएको प्रहरीले टोलीले ईशनाथ नगरपालिका १ स्थित गएराति संका लागेर उनीहरूले प्रयोग गरेको प्र३०१–०२३च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त नगद सहित दुवैजना लाई पक्राउ गरिएको हो ।
कारमा पछाडि सवार देवराज थिङ्मले बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली १००० दरको नाट थान ८५० र ५०० दरको ३०० थान जम्मा जम्मा १० लाख रुपैयाँ सहित दुवैजना लाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
बरामद नगद र कार सहित आवश्यक कारवाहीको लागि उनीहरुलाई जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको डिएसपी गिरीले जानकारी दिइन ।












प्रतिक्रिया दिनुहोस्