हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ सिमातमा सुमो दुर्घटना हुँदा सुमो चालकसहित १० जना घाइते भएका छन् ।

कान्तिलोकपथ सडकखण्डमा बुधवार ५ बजेर ३० मिनेटको समयमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज २३२२ नं. को यात्रुवहाक सुमो ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकालाई उद्दारगरि उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको हेटौँडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुमो चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. २ बस्ने २२ बर्षीय सरोज प्रजा प्रहरीको नियन्त्रणमा रहेको छ भने सवारी साधन घटनास्थलमै रहेको र निकाल्ने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सहकारी अस्पताल हेटौडामा उपचार भई रहेको:-
१. जिल्ला बारा बड्कानौतन बस्ने बर्ष अं. ४० की श्रीपती देवी साह दाहिने हात र टाउकोमा चोट सामान्य
२. ऐ. महागढीमाई न.पा. २ बस्ने बर्ष अं. ३४ को उपेन्द्र प्रसाद कुसवहा टाउकोमा सामान्य चोट
३. निजको छोरा बर्ष अं. ६ को रुपेश कु. कुसवहा च्यापुमा सामान्य चोट
४. ऐ.ऐ. बरियारपुर बस्ने बर्ष अं. ४१ को सुरेश कुसवहा टाउकोमा चोट अबस्था मध्यम
५. ऐ. बिन्दबासिनी गा.पा. २ बस्ने बर्ष अं. २३ को सागर कुमार चौरसिया दाहिने कुममा चोट अबस्था सामान्य
६. ऐ. बिरगंज म.न.पा. ६ गहवा बस्ने बर्ष अं. ३१ को अनुप चालिसे दाहिने हातमा चोट अबस्था सामान्य
हेटौडा अस्पतालमा उपचार भई रहेको:-
१. जिल्ला पर्सा बिश्रामपुर न.पा. ९ बस्ने बर्ष अं. २८ की सलोनी गुप्ता कलवार कुम र टाउकोमा चोट अबस्था मध्यम
२. जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. १४ कुलेश्वर बस्ने बर्ष अं. ३४ को चन्दन कुमार यादव टाउको, निधार र छातीमा चोट अबस्था सामान्य
३. ऐ.ऐ. बस्ने बर्ष अं. ३६ को सन्जु कुमार चौधरी ढाडमा चोट अबस्था मध्यम