हेटौंडा । हेटौंडा–१० मा रहेको नारायणी कलेजमा मंगलवार साँझ विद्युतको लाइन सर्ट भएर आगलागी भएको छ ।

आगलागी हेटौंडा उपमहानगरपालिकाको दमक, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । साँझ ५ बजेर २५ मिनेटको समयमा कलेजमा आगलागी भएको हो । आगलागीबाट एक कोठा बराबरको जस्तापाताको क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।