हेटौंडा । आफ्नो स्वर्गीय धर्मपत्नीको जन्मदिनको अवसरमा हेटौडामा रहेको ओम वृद्धाश्रमलाई सहयोग प्रदान गरिएको छ । 

हेटौडा–६, चौघडा निवासी समाजसेवी तथा सञ्चारकर्मी भीमसेन पौडेलले आफ्नो स्वर्गीय धर्मत्नी दुर्गादेवी पौडेलको जन्मदिनको अवसरमा उक्त वृद्धाश्रमलाई सहयोग गर्नु भएको हो । पौडेलको २०७७ साल पौष १२ गतेका दिन निधन भएको थियो । 

वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्याहारसुसारमा मद्दत पुगोस् भन्ने उद्देश्यका साथ सहयोग गरेको पौडेलले बताए । पौडेल वृद्धाश्रमका आजीवन सदस्य समेत हुन  । 

सहयोग हस्तान्तरण कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष बुद्धिप्रसाद पौडेल, हेटौँडा सहकारीका अध्यक्ष इन्द्र बहादुर बस्नेत, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, आमा कृष्ण कुमारी पौडेल, आफन्तजन लगायतको सहभागिता थियो । 

मृतक पौडेलको नाममा जनकल्याण सहकारीमा अक्षय कोष स्थापना गरि प्रत्येक वर्ष दलित, जनजाति तथा गरिव विद्यार्थीहरूलाई छात्रवृति प्रदान गरिदै आएको पौडेल परिवारले जनाएका छन ।