हेटौंडा । आइतबार दिउँसो हावाहुरी सहित परेको चट्याङ लागेर हेटौंडामा एक महिला घाईते भएकी छिन् ।

चट्याङ लागेर हेटौंडा १३ पदमपोखरी बस्ने ६६ वर्षीया  ठुलीमाया वाइबा  घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।  चट्याङ लागेर घाईते उनको  हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

ठुलीमाया घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको र उनको टाउकोमा चोट रहेको जनाइएको छ ।