हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्।

मंगलबार साँझ रामनगर स्थित आत्म लाल चौलागाईको सिमेन्ट, काठ, र टायलले बनेको २ तले कच्चि घर र सगैं जोडिएको गोठमा आगलागी भएको हो। बिजुलीको तार सट भई भएको आगलागीबाट उक्त घर नजिकै रहेको निजको भाई लिला नाथ चौलागाईको ३ तले पक्की घरको सिसा आगोको तापले फुट्दा ३५ वर्षीय प्रकाश चौलागाई घाइते भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

टाउकोमा चोट लागी सामान्य घाईते उनी स्थानिय मेडिकलमा उपचार पश्च्यात घर फर्किएको जनाइएको छ। क्षतीको उन्य विवरण नआएको, हेटौंडा उपमहानगरपालिकाको दमकल,नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ।