चितवन । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । चितवनको नारायणगढमा सुरु भएको तेस्रो जुत्ता– चप्पल महामेला २०८१ को उद्घाटन गर्दै मन्त्री पोखरेलले स्वदेशमा उत्पादन भएको बस्तुको प्रवर्द्धनमा सरकार तयार रहेको बताएका हुन् ।

स्वदेशमा उत्पादन भएको वस्तुहरुको बजारिकरण लगायतका समस्याको समाधानमा नितिगत रुपमै निणर्य गरेर अघि बढ्ने उनको भनाई छ । साथै उनले देशको आर्थिक विकासमा निजि क्षेत्रले खेलेको भूमिकाको सम्मान गर्दै सरकारबाट महशुस गरिएका सरकारी झमेला समाधान गर्न पहल गरिने बताए । हाल देखिएको आर्थिकमन्दिको समस्या समाधानमा सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।

“स्वदेशी उत्पादनको प्रवर्द्धन हाम्रो अभियान“ भन्ने नाराको साथ आज बाट चितवनको चमेली बजारमा सुरु भएको तेस्रो चितवन जुत्ता – चप्पल महामेला ३० बैशाख सम्म चल्ने आयोजकले जनाएको छ ।

मेलामा देशमा उत्पादन भएका विभिन्न ब्राण्डका लेडिज तथा जेन्स जुत्ता चप्पल खरिदमा १५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट रहेको र एक हजार पाँच सय भन्दा बढिको खरिदमा एक जोर चप्पल निःशुल्क पाईने आयोजकको भनाई छ ।