हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.न्यूरेनीमा शनिवार बसले ठक्कर दिदा मोटरसाइकलमा सवार बकैयाका दुइजना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर बकैया गाउँपालिका ४ माझगाँउ बस्ने ३० बर्षिय सुरेश ब्लोनपछाडि बस्ने सोही स्थानका ३० बर्षिया दिनेश ब्लोन घाइते भएका छन् । उनीहरूको निधार खुट्टा, हात, अनुहार र कम्मरमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

हातिसुडेबाट हेटौंडा तर्फ जाँदै गरेको ना ७ ख ४५७१ नं.को यात्रु बाहक बसले हेटौंडा बाट हटिया तर्फ आउँदै गरेको प्रदेश ३ –०२–००७ प ८३२३ नं.को मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुबै सवारी साधन र बस चालक मकवानपुर बकैया गाउँपालिका–४ जुरेली निवासी २८ बर्षिया सोम बहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।