हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ६ ज्यामिरेमा सोमवार तातो पानीले पोलेर एक बालिका गम्भिर घाइते भएकी छिन् । उमालेर राखेको पानीले पोलेर बकैया–६ की अन्दाजी ३ बर्षिया पेम्बा मोक्तान घाइते भएकी हुन ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार कुखुरा काटेर सफा गर्नको लागि भाँडामा उमालेर राखेको पानीले पालेर बालिका गम्भिर घाइते भएकी हुन ।

घाईते बालिकाको उपचारको लागि हेटौँडा अस्पताल पठाइएकोमा थप उपचारका लागि किर्तिपुर अस्पताल काठमाण्डौ रिफर गरिएको छ । तातो पानीले बालिकाको शरिको ९८ प्रतिशत भाग पोलेको र अवस्था गम्भिर रहेको छ ।