हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.४ ओमभवनस्थित एक घरमा अचेत अवस्थामा फेला परेका पुरुषको बिहीवार साँझ मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिहीबार केदार शाहीको घरमा पाहुना लाग्न आउनुभएका ललितपुर माहालक्ष्मी नगरपालिका वडा नं.८ बस्ने ५१ बर्षिय रमेश श्रेष्ठको मृत्यु भएको हो ।

बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा सुतेको कोठामा अचेत अवस्था फेला परेका श्रेष्ठलाई उपाचरको लागि हेटौँडा अस्पतालमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।