हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको आगामी वैशाख १५ र १६ मा हुन लागेको जिल्ला अधिवेशनका लागि आवश्यक तयारीलाई पूरा भएको छ ।

हेटौंडामा विहान ११ बजेबाट सुरु हुने अधिवेशनको एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने तयारी छ । अधिवेशनले पार्टी मकवानपुरका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

पार्टी मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहालको अध्यक्षतामा बसेको जिल्ला कमिटी मकवानपुरको बैठकले अधिवेशन सफलतापूवर्क सम्पन्न गर्न विभिन्न उप समितीहरु गठन गरेको छ । अधिवेशनको आवश्यक तयारीका लागि विष्णुप्रसाद दाहालको संयोजकत्वमा जनपरिचालन उप समिति र प्रतिवेदन तयारी उपसमिति, ध्रुवबहादुर भुजेलको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन उप समिति र आर्थिक उप समिति, कविन पन्तको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उप समिति, किरणमान बलको संयोजकत्वमा स्वयम् सेवक उप समिति गठन गरिएको छ ।

यस्तै, रामकुमार एलनको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, किशोर टन्डनको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन उप समिति, लोकनाथ दाहालको संयोजकत्वमा स्वास्थ्य उप समिति, सानुभाई विकको संयोजकत्वमा सांस्कृतिक उप समिति गठन गरिएको छ ।