हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले  स्थानीयसँग उनीहरूका गुनासा, समस्या सुन्दै सुझाव समेत लिनु भएको छ  । मन्त्री थपलियाको आफ्नो  निर्वाचन क्षेत्र राप्ती नगरपालिका १,२ र ३ नम्बर वडाका विकट पहाडी क्षेत्र धमीली, परेवाकोटलगायतका स्थानमा गएर सुझाव लिनुभएको हो । मन्त्री भएपछि सर्वसाधारणका अपेक्षा, समस्या र सुझाव सुन्ने  गरी निर्वाचन क्षेत्रमा गएको मन्त्री थपलियाले बताए ।
कार्यक्रममा वडास्तरका जनप्रतिनिधिसहित मन्त्री थपलियाले राप्ती ३ मा निर्माण भैरहेको सडकको पनि अवलोकन गरे ।  सर्वसाधारणले खेलमैदान, खानेपानी, शिक्षा, स्वास्थ्य  विद्युतिकरण, सरसफाइलगायत विषयमा काम भैरहेको बताएका थिए । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका मन्त्री थपलियाले विकट ठाउँलाई थप महत्त्व दिनुभएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
नागरिकका आवश्यकता असीमित भएपनि सीमित साधन र स्रोतमा जनताको सबै काम गराउन सरकार लागेको बताए । खानेपानी, स्वास्थ र शिक्षा पछि सडक र बत्तिको बिस्तार गर्ने बताए ।  नागरिकका आवश्यकता, चाहनालाई प्रदेश सरकारले पूरा कतिको पूरा गरेको रहेछ भन्ने पनि जनताको घरमै गएपछी बुझ्न सकिने बताए।
जनताका सुझावअनुसार बिकास निर्माणका कामलाई सुधार गर्दै अघि बढ्ने उद्देश्य राखेको मन्त्री थपलियाको भनाई थियो।विकट क्षेत्रमा सडकको सन्जाल जोडीन थालेकोले स्थानीयहरुलाई उत्पादन सङ्ग जोडिन थपलियाको आग्रह थियो ।
स्थानीय स्तरमा संचालित योजनाहरुको स्थानीयले नै अनुगमन गर्न पनि मन्त्री थपलियाले आग्रह गर्नुभयो । योजनका सन्चालन हुने तर लापरबाही पनि हुन सक्ने तर्फ उहाँले सचेत गराए ।