काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ ।

यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।

डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको छ।
वैशाख २२ २०८१ रातिको ९ बजे बाट, तपाईंले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई EDV नतिजा हेर्न सक्नु हुने छ।
याद राख्नुहोस् EDV नतिजा थाहा पाउने यो एक मात्र तरिका हो।
It’s almost time for Diversity Visa 2025 selections!
Starting May 4, 2024, at 9 PM, you will be able to check the status of your entry by entering your confirmation number at dvprogram.state.gov/ESC/.
Remember, this is the ONLY way to check if you have been selected to participate!
Good luck!
With: U.S. Department of State: Consular Affairs