हेटौँडा। मकवानपुर भीमफेदी गाउँपालिका–९ स्थित च्यानपाखामा ढुङ्गासहितको पहिरो खसेर स्काभेटर दुर्घटनामा परेको छ ।
भौतिक पूर्वाधार विकास कार्यालय हेटौँडाले निर्माण गर्दैगरेको गोलमोडदेखि फापरबारी जाने भित्री सडकखण्डको नयाँ सडक खन्नेक्रममा माथिबाट ढुङ्गासहितको पहिरो खसेर प्र.३–०१–००३ क ६८०९ नम्बरको स्काभेटर दुर्घटना हुँदा क्षतिभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोले पुरिएर स्काभेटरको आधा भागमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन ।












प्रतिक्रिया दिनुहोस्