हेटौंडा । चर्चामा रहेको प्रकाश सपुतको गितमा जस्तै मकवानपुरवासीलाई अहिले शिवम् सिमेन्टले पीर दिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ का स्थानीय, सिमेन्ट उद्योग संगै रहेको बिद्यालय, शिवम्को ढुंगाा खानी वरिपरिका बस्ती यत्रतत्र सर्वत्र जनता शिवम् सिमेन्टले दिएको पीरै पीरले थलिएका छन ।

मानव बस्तीको बिचमा दानव जस्तै गरि बसेको सिमेन्ट उद्योगबाट निस्केको धुवाँ, धुलो र ध्वनीले स्थानीय प्रत्यक्ष मारमा छन । सिमेन्ट उद्योगका कारण परेको पीरै पीर र चिन्ताले यहाँका स्थानीय आजित बनेका छन । साना र सामान्य मानिसको कुरा कसैले सुन्दैन, स्थानीयको गुनासो छ, सिमित वर्गले फाइला लुटे, नेता मोटाए, हामी जनताले धुलो, धुवाँ र ध्वनी मात्रै पायौं । बस्तीको बिचमा सिमेन्ट उद्योग राख्न दिएको प्रति जनताको छुट्टै आक्रोश छ, उनीहरु भन्दछन्, यहाँ चलखेल भयो, त्यसको मारमा हामी प¥यौं ।

सिमेन्ट कारखाना उत्पादनका लागि ल्याइने ढुंगाका कारण खानी क्षेत्रका मानिसहरु प्रभावित छन । उनीहरु खानी पीडित हुन । जथाभावी खानी उत्खनन र उचित व्यवस्थापन नगरिदा त्यहाँका खानी पीडित कत्तिखेर पहिरो आउने हो, पुर्र्ने हो भन्ने चिन्तामा छन । यता ट्रिपर आतंक उस्तै छ । खानीबाट ओभर लोड ढुंगा आउछ, क्षमता भन्दा बढीका ट्रिपर सडकमा गुड्दा सडकको स्तर खस्कदो छ, ओभर लोड बोकेर आउने ट्रिपरले बाटो बाटोमा ढुंगा खसालेका छन । हेटौंडाको चुनडाडादेखि गढीको बाटो हुँदै ढुंगाा खानी जाने बाटोमा भेटिन्छ ढुंगाका टुक्रा । सडकमा खसेका ढुंगाले दुर्घटना निम्त्याउने संभावना उतिकै छ ।

प्रहरी प्रशासन सबैले चास्नी चाखेका छन, शिवम् सिमेन्टको त्यसैले उनीहरुकै आखाँ अगाडिबाट ओभरलोड गाडि जादा पनि चुइक्क बोल्दैनन, चिट काट्दैनन र कार्वाहीको कुरा त नगरौं । शिवम् सिमेन्टमा नाम चलेका, कहलिएका नेतादेखि व्यवसायी सम्मको लगानी छ, प्रहरीप्रशासन सबै हप्ता बुझ्छन, राजनीतिक हाइ प्रोफाइलको संरक्षण पाएको शिवम् सिमेन्टले जनतालाई सास्ती दिदा पनि जनताको सुनुवाइ पटक्कै हुँदैन यहाँ ।