हेटाैँडा । हेटाैँडा सामुदायिक आँखा अस्पतालमा युक्ति फाउण्डेसन काठमाडौंले अस्पतालमा आउने महिला बिरामीका लागि सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग गरेको छ ।

आज अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र प्रमख डा. सुनिल थकालीलाई फाउण्डेसनको तर्फबाट पेमा डोल्मा लामाले हस्तान्तरण गरेकी थिइन् । उक्त मेसिनको सहयोगले अस्पतालमा आउने महिला बिरामीहरु महिनाबारी भएमा सेनिटरी प्याड किन्न पसलमा जानु पर्दैन ।

संरक्षक श्रेष्ठले अस्पतालमा आउने महिला बिरामीलाई यसले धेरै सहयोग पुर्‍याउने बताए । मेसिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेसनबाट सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । युक्ति फाउण्डेसनको तर्फबाट पेमा डोल्मा लामाले विदेशमा महिला दिदी बिहिनीहरुलाई महिनावारीको समयमा पर्न सक्ने समस्याको लागि विभिन्न स्थानमा यस्तो मेसिन हुने गरेको र नेपालमा पनि आफ्नो दिदी बिहिनीहरुलाई पर्न सक्ने समस्याको हल गर्न मेसिन विभिन्न स्थानमा डोनेसन गर्ने गरेको बताइन् ।