हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ८ माइसिराङमा शुक्रबार साँझ चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ बर्षीया एनिका प्रजा (चेपाङ) रहेकी छन् । चट्याङ लागेपछि अचेत अबस्थाकी उनलाई उपचारका लागि मनहरी अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
साँझ ६ बजेतिर परेको चट्याङ लागेर उनकी आमा २५ को रबिना प्रजा चेपाङ घाइते भएकी छन् । उनलाई थप उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियाे।
साँझ परेको चट्याङ राक्सिराङ गाउँपालिकाकै चोराङमा ३ जना घाइते भएको बताइएको छ । घाइतेहरु पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्