sf7df8f}F, !# c;f/M ????????? ??? ????????? ??? /fi6«klt ljBfb]jL e08f/L ;f]daf/ /fi6«klt ejg zLtnlgjf;df g]skf -PsLs[t ;dfhjfbL_sf tkm{af6 ;/sf/df ;xefuL gjlgo'Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . ;fydf pk/fi6«klt gGbaxfb'/ k'g, k|wfgdGqL z]/axfb'/ b]pjf / ;efd'v clUgk|;fb ;fksf]6f . tl:a/M /Tg >]i7÷/f;;

काठमाण्डाै । नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । हिजो नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बन्नु भएको छ । नेकपा एकीकृत समाजवादीले गएको जेठ २२ गते नै मन्त्री फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीलाई पठाउने निर्णय गरेको थियो ।

त्यसैदिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि तीन हप्तापछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो । मन्त्री फेरबदलको विषयमा एकीकृत समाजवादीभित्र असन्तुष्टि बढेको छ ।