हेटौंडा । सडक दुर्घटना बढ्रन थाले पछि यसको न्यूनीकरण गर्न हेटौंडा– ६ चौघडामा रहेको बंशगोपाल माविले सचेतनामुलक कार्यक्रम गरेको छ । मंगलवार विहान प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले धरान चतरा खण्डको चौघडा क्षेत्रमा सचेनामुलक कार्यक्रमको आयोजना गरेका हुन ।

विद्यार्थीहरुले ट्रक,बस, मिनि बस, जीप, अटो, मोटरसाईकललाई रोकेर सवारी साधन विस्तारै र सुरक्षित किसिमबाट चलाई आफू र अरुलाई पनि सुरक्षित हुन आग्रह गरेका थिए । दुर्घटना न्यूनीकरण र सन्देशमुलक जानकारी दिन सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य रमेश लामिछिानेले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विजय गौतम, पूर्व शिक्षक तारानाथ खतिवडा, शिक्षक, कर्मचारी लगायतको सहभागिता थियो । पछिल्लो समय यस क्षेत्रमा दुर्घटनाका घट्ना बढ्रदै गएको छ ।

भीमसेन पौडेल
थप जानकारी